पिकअप गाडीमा बगरबाट फोहोर बोकेर शान्तिवनमा फाल्न आउँदा समातिए रेशम
पाेखरा | साउन १६, २०८०
पाेखरा: मंगलबार बिहान बगरबाट महिन्द्रा पिकअपमा फोहोर राखेर शान्तिवनमा फाल्न आउनेक्रममा रेशम थापामगर समातिएका छन् ।
मगरले बिहान ८ बजेतिर गाडीमा फोहोर लिएर आएको र शान्तिवन क्षेत्रमा फाल्न लाग्दा नजिकै रहेको तरकारी बजारमा कार्यरत सुरक्षाकर्मीले चाल पाएपछि समातिएका हुन् ।
उनीहरुले बताएअनुसार यसअघि पनि मगरले यसरी नै फोहोर फालेको आशंका छ । ‘यसअघि पनि यहाँको सडकक्षेत्रमा फोहोरको डंगुर फालिएको पाइएको छ’ त्यहाँका एक सुरक्षाकर्मीले भने ‘यही रेशमकै काम हो भन्नेमा आज विश्वस्त भइयो ।’
मगरले आज बिहान तरकारी बजारबाट एक गाडी सामान बगर पुर्याएका थिए । त्यसपछि फर्कदा उनले त्यहाँको पसल र अन्यत्र स्थानबाट फोहोर संकलन गरेर ल्याएका थिए । मगरले महिन्द्रा पिकअपबाट बिहान तरकारी डेलिभरी गर्दै आएका छन् ।
उनलाई समातेपछि महानगर र वडा सचिव लोकदर्शन कोइरालालाई खबर गरिएको थियो । फोहोर बोकेर आउने पिकअप शान्तिवनस्थित दमकल परिसरमा राखिएको छ ।
सचिव कोइराला भन्छन् ‘गाडीवालाले फोहोर उठाउने मासिक काम लिएको शंका छ, उनी पटके हुन् भन्ने सूचना पाएका छौं ।’ सम्बन्धित गाडीधनी र चालकलाई कुरेर बसेको भन्दै कोइरालाले उनीहरु आएपछि के–कस्तो जरिवाना गर्ने भन्ने विषयमा छलफल हुने बताए ।
पोखरा ३३ लामेआहालमा फोहोर फाल्न नदिएपछि अहिले पोखराका सडकमा फोहोर थुप्रिएको र वर्षाले उक्त फोहोर सडकभर छरिने गरेको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

